यी हुन् रणवीरलाई दिपिकाले लगाएको ३ बन्देज

यी हुन् रणवीरलाई दिपिकाले लगाएको ३ बन्देज

बलिउडमा रणवीर सिंह र दीपिका पादुकोणको जोडीलाई आदर्श जोडीको रुपमा हेरिन्छ। १४ नोभेम्बर २०१८ मा  विवाह बन्धनमा बाँधिएका उनीहरूको वैवाहिक जीवन खुशीमै बितिरहेको छ। ६ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरुको वैवाहिक जीवनमा आजको दिनसम्म कुनै खटपट नभएको बताइन्छ । 

हालै एक अन्तरवार्तामा रणवीरले दीपिकाले आफूलाई तीनवटा काम गर्न बन्देज लगाएको खुलासा गरेका छन् । विवाहपछि आफूले ती तीन शर्त पालना गरिरहेको रणवीरको दाबी छ । 
यी हुन् रणवीरलाई दिपिकाले लगाएको ३ बन्देज:

१, राति घर बाहिर बस्न
‘धेरै नै ढिला भएको अवस्थामा बाहेक दीपिकाले रणवीरलाई राति घर बाहिर बस्न  बन्देज लगाएकी छन् । विवाहपछि रणवीरले कुनै रात दिपिकाको साथ नछोडेको बताइन्छ । अन्तर्वातामा रणवीरले भनेका छन् कामको शिलशिलामा टाढा भएमा र रात निकै छिप्पिएमा घर बाहिर बस्न कुनै समस्या छैन । तर विवाहपछि म त्यसरी घर वाहिर रात काटेको छैन । 

२, खाना नखाइ घरबाट निस्कन
दिपिकाले रणवीरलाई खाना नखाइ घरबाट बाहिर निस्कन बन्देज लगाएकी छिन् । बिहानको खाना घरबाहिर खान रण्नवीरलाई छुट छैन । दिपिका घरको काममा पनि जागर चलाउने भएकोले प्रायः बिहानको खाना दिपिकाकै हातले पकाएको खाने गरेको रणवीर बताउँछन् । 

२, फोन कल मिस गर्न 
दिपिकाले रणवीरलाई आफ्नो फोन जस्तो परिस्थितिमा भएपनि उठाउनुपर्ने शर्त राखेकी छिन् । काम विषशले फोन उठाउन नमिलेको खण्डमा र्फुद शुनेवित्तिकै फोन गर्ने गरेको रणवीरले सुनाए । 

पत्नीको रूपमा दीपिका आफ्नो जीवन आउनुलाई रणवीरले जीवनको एउटा छुटाउन नहुने खुशी भएको पनि बताए । 

रणवीर दीपिकाको जोडी सिनेमाको पर्दामा पनि उत्तिकै लोकप्रिय छ। उनीहरूले ‘गोलियोंकी रास लीला राम लीला’, ‘बाजिराव मस्तानी’ तथा ‘पद्मावत’ सिनेमामा एकसाथ काम गरेका छन्। अब उनीहरूको जोडी पूर्व भारतीय क्रिकेट कप्तान कपिलदेवको जीवनीमा आधारित ‘८३’मा देखिनेछ।