इक्यानको भर्चुअल सेसन: लकडाउनपछि व्यवसायीले कसरी अपनाउन सक्छन् कार्यालयमा स्वास्थ्य सावधानी ?

इक्यानको भर्चुअल सेसन: लकडाउनपछि व्यवसायीले कसरी अपनाउन सक्छन् कार्यालयमा स्वास्थ्य सावधानी ?

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै कार्यालय जाने कर्मचारीले के-के कुरामा ध्यान दिनुपर्ला ? पक्कै पनि कार्यालयको वातावरण, शारिरीक स्वास्थ्य देखी मानसिक स्वास्थ्य स्थितीसम्म ध्यान दिनुपर्छ, तर कसरी ?

यहि प्रश्नको जवाफका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दै आफ्ना सदस्यहरु, कर्मचारीहरु र आफ्ना परिवारको हेरचार गर्न सिकाउँदैछ ।

कोरोना भाइरस (कोभिड-१९) को असर कम नहुँदै सरकारले लकडाउन मोडालिटीमा परिवर्तन गरी कार्यालय खुलाउँदै लगेपछि आफ्ना सदस्यहरु, सम्पूर्ण कर्मचारी, परिवार लगायत सबैलाई मध्यनजर गर्दै इक्यानले स्वास्थ्य सावधानी बारे आफ्नै फेसबुकबाट लाईभ गर्न लागेको हो । उक्त लाइभमा पब्लिक हेल्थ एक्सपर्ट डा समिर मणी दिक्षितले आम मानिसको स्वास्थ्यका विषयमा कुराकानी गर्नेछन् ।

उक्त कुराकानी भोलि असार १ गते सोमबार दिउँसो एक बजे हुनेछ । डा. दिक्षित पब्लिक हेल्थ फाउन्डेशनका सह–सचिव र जीआरएपी नेपालका उपाध्यक्ष पनि हुन् ।

इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सामान्य अवस्थामा काम गर्ने र कोरोनाका समयमा काम गर्ने तरिका बिल्कुलै फरक हुने भएकोले आफ्ना सदस्य, कर्मचारी र उनीहरुको परिवारको स्वाथ्यको ख्याल राख्ने उद्देश्यले फेशबुक लाइभ गर्न लागेको बताए ।

इक्यानले लकडाउनको समयमा पनि अनलाइनबाट आफ्ना सदस्यहरुलाई अन्तराष्ट्रीय शिक्षा, शैक्षिक परामर्शको वर्तमान परिस्थिति, अवसर र चुनौती, शैक्षिक परामर्श क्षेत्रका अन्तराष्ट्रीय तालिम र प्रमाणीकरण, जापान, न्यूजील्याण्ड, अमेरिका, क्यानडामा अन्तराष्ट्रीय शिक्षा र विद्यार्थीहरुको अवस्था लगायत बिषयमा तालिमहरु सञ्चालन गरेको छ ।अन्तराष्ट्रिय शिक्षासँग जोडिएर काम गर्नुपर्ने भएकाले पनि अहिलेको जटिल परिस्थितिमा पनि डिजिटल माध्यम प्रयोगबाट सदस्यहरुसंग साक्षात्कार गर्नसकेको पनि पाण्डेले बताए ।

यो कार्यक्रमका लक्षित वर्ग शैक्षिक परामर्शकर्मी भएतापनि सबै व्यवसायीलाई उपयोगी हुने अध्यक्ष पाण्डेले बताए ।