सरकारको वेवसाइटमा नक्सा परिवर्तन तर निशाना छाप पुरानै

सरकारको वेवसाइटमा नक्सा परिवर्तन तर निशाना छाप पुरानै

काठमाडौं । नेपाल सरकारको आधिकारिक वेवसाइटमा नयाँ नक्सा अपडेट गरिएको छ तर  निशाना छाप भने पुरानै राखिएको छ ।

हिजो निशाना छाप संसदबाट सर्वसम्मतले पारित भएपछि मात्रै सरकारको वेव साइटमा नक्सा अपडेट गरिएको थियो । पुरानो नक्सा अपडेट गरिएपनि निशाना छापलाई भने वेवास्था गरिएको छ ।

नेपालका ७ प्रदेश, सात सय ५३ स्थानीय तहका साथै देशको इतिहास, भूगोल, भाषा, जनता, ठाउँलगायत सबै जानकारी प्राप्त गर्ने माध्यम नै आधिकारिक पोर्टल हो । देशको सबै जानकारी हुने पोर्टलमा नेपालको निशाना छाप गलत राख्नु गैरजिम्मेवारीपन भएको जानकारहरू बताउँछन्।

मन्त्रिपरिषद्ले जेठ ५ गते निर्णय गरेर ७ गते लिम्पियाधुरासहित नक्सा जारी गरेको थियो, तर त्यसको करिब एक महिना पछि मात्रै नेपालको नयाँ नक्सा सरकारी वेवसाइटमा अपडेट गरिएको हो भने महत्वपूर्ण निशाना छाप भने पुरानै छ ।

नक्सा राजपत्रमा प्रकाशन भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै मन्त्रालयमा नयाँ नक्सा प्रयोगका लागि परिपत्र गरेको थियो।