नेपालको संविधान यसरी भयो संशोधन, हेर्नुस् मतदानका तस्विरहरु
नेपाल डेली
शनिबार, ३१ जेठ २०७७, २० : ०१ मा प्रकाशित
काठमाडौं। शनिबार नेपालको संविधान दोस्रो संशोधन भएको छ । प्रतिनिधिसभाले संशोधन गरेको विधेयक अब राष्ट्रिय सभामा जानेछ ।
प्रतिनिधिसभामा कायम २७५ सदस्यमध्ये मतदानका क्रममा २५८ उपस्थित भए । निलम्बनका कारण चार सदस्यको मताधिकार थिएन । सभामुखको मताधिकार हुँदैन । अन्य १२ सदस्य अनुपस्थित भए ।