यो सरकारविरुद्ध प्रदर्शन गर्ने समय होइनः मनिषा कोइराला

यो सरकारविरुद्ध प्रदर्शन गर्ने समय होइनः मनिषा कोइराला

काठमाडाैं । अभिनेत्री मनिषा कोइरालाले यो सरकारविरुद्ध प्रदर्शन गर्ने समय नभएको बताएकी छिन् । सरकार पारदर्शी हुनुपर्ने भएपनि सडकबाट दवाव दिने समय उचित नभएको उनको आशय  छ ।

ट्विटरमा मनिषाले लेखेकी छन्, 'प्रदर्शनको टाइमिङ निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । तर, यसले अहिले यति ठूलो कदम चाल्न लागिरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?'

केही दिनअघि मन्त्रीपरिषदले नेपालको नयाँ नक्शा पारित गर्दा पनि मनिषाले त्यसको समर्थनमा ट्विट गरेकी थिइन् । उक्त ट्विटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि खनिएका थिए । भारतीयहरुले सामाजिक सञ्जालमा उनीमाथि तथानाम गाली गरेका थिए ।

नेपालको संसदले आज देशको नयाँ नक्शालाई आधिकारिकता दिने गरी संविधान संसोधन गर्दैछ । त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह गरेका छन् ।