संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक

संसद बैठकअघि कांग्रेस संसदीय दलको बैठक

प्रतिनिधिसभा संसद बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। शनिबार दिउँसो १२:३० बजे संघीय संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्ने संसदीय दलले जनाएको छ।

दिउँसो १ बजे प्रतिनिधिसभा संसद बैठक बस्दैछ। संविधान संशोधनका लागि दर्ता भएको विधेयक आज निर्णयार्थ पेश गर्ने कार्यसूची छ।

कांग्रेस केन्द्रीय समितिले यसअघि नै अद्यावधिक नक्साका पक्षमा मतदान गर्न संसदीय समितिलाई निर्देशन दिइसकेको छ।