आधुनिक गीत 'फुलै फुलको डोली'मा सार्वजनिक (भिडियोसहित)

आधुनिक गीत 'फुलै फुलको डोली'मा सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । गायिका शार्दा चौधरी लिम्बुको स्वर रहेको आधुनिक गीत 'फुलै फुलको डोली'मा  सार्वजनिक भएको छ । लिम्बु आफैले लेखेको गीतमा संगित पनि उनैले दिएकी छिन् । 

माया प्रेममा आउने उत्तराचढावलाई कलात्मक रुपमा बुनिएको गीतको भिडियोमा सरोज दाहाल, रेनु सेन्चुरी र योन्जी लामाको अभिनय रहेको छ । म्युजिक पार्क स्टुडियोमा तयार भएको गीतको स्कृप्ट भने आईता जिमीले तयार गरेकी हुन् । 

राजेश श्रेष्ठले एरेन्ज गरेको भिडियोलाई विनोद याक्चाले खिचेका हुन् । गीतको निर्देशन विरेन तितुङले गरेका हुन् । गीत हाइलाइट्स नेपालको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।