सरिता गिरीको घर तोडफोड गर्ने हेमराज थापा पक्राउ

सरिता गिरीको घर तोडफोड गर्ने हेमराज थापा पक्राउ

काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा तोडफोड गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ।

विशालनगरस्थित गिरीको घरमा बुधबार साँझ युवाहरुको एक समूहले तोडफोड गरेपछि प्रहरी उनीहरूको खोजीमा जुटेको थियो।

खोजी गर्ने क्रममा हेमराज थापलाई बसन्तपुरबाट पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखा र पीसीसीबी जनसेवाद्वारा खटिएको टोलीले थापलाइ पक्राउ गरी माहानगरिय प्रहरी परिसर बुझाएको छ।

स्वतन्त्र देशभक्त युवाको नाममा ८, १० जना युवाले गिरीको घरअगाडि नाराजुलुशसहित तोडफोड गरेका थिए ।