घर-घरमा माक्ससहित कांग्रेसको प्रेमपत्र

घर-घरमा माक्ससहित कांग्रेसको प्रेमपत्र

काठमाडौं । ८० दिन यता जारी लकडाउनले मानिसहरुआपसमा भेटघाट गर्न पाईरहेका छैनन् । विभिन्न पार्टी तथा संघ संस्थाले पनि आफ्ना गतिविधि अगाडि बढाउन पाइरहेका छैनन् । केही पार्टी तथा सामाजिक अभियान्ताहरुले शुरु गरेका राहात वितरण कार्यक्रमहरु पनि पातलिंदै गएको छ । तर यहिबेला नेपाली कांग्रेसले भने विहान विहानै घर घरमा माक्ससहितको स्नेहपत्र बाँडिरहेको छ । 

नेपाली कांग्रेस टोखा नगरपालिका ४ का सभापति रविन्द्र श्रेष्ठको हस्ताक्षर रहेको स्नेह पत्रमा लकडाउनको पालना गरेकोमा धन्यवादसहित कोरोना रोकथामको लागि गर्नुपर्ने आवश्यक कदमको बारेमा सचेत गराईएको छ । विहान कांग्रेसका कार्यकर्ताहरुले उक्त स्नेहपत्रसहित घरघरमा माक्स वितरण गरेका थिए । 

विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस रोकथाममा सरकारले उचित पहल नगरेको भन्दै रचनात्मक सहयोगको साथै सरकारलाई सुझावसहितको आलोचना गर्नुपर्ने स्थीति आएको स्नेह पत्रमा उल्लेख छ । 

विभिन्न चरणमा भएको कोरोना रोकथामका कार्य र राहात वितरणको कार्यमा सकारात्मक सहयोग गरेकोमा वडाबासीलाई सभापति श्रेष्ठले स्नेहपत्रमार्फत धन्यबाद ज्ञापन गरेका छन् ।