नायिका निरिशा बस्नेतलाई कोरोना लागेको पुष्टि

नायिका निरिशा बस्नेतलाई कोरोना लागेको पुष्टि

काडमाडाैं । नायिका निरिशा बस्नेतलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।   भारतको  मुम्बईमा रहेकी यी नायिकामा कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेकी छिन् । 

कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् । उनले नेपाली चलचित्र ‘जानी नजानी’मा काम गरेकी थिइन् । बलिउडमा ठूलो पार्दाको चलचित्र खेल्ने लक्ष्यका साथ उनी बलिउडमा संघर्ष गरिरहेकी थिइन् ।