लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । लकडाउनको स्वरुप परिवर्तनबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्नेछ । 

आजको बैठकमा कोरोना भाइरसको संक्रमण अनुसार लकडाउनको मोडालिटी परिर्वन गर्ने निर्णय लिइने तयारी गरिएको बालुवाटार स्रोतले जानकारी दियो । सरकारले जेठ ३२ गतेसम्म लकडाउन लगाएको छ । लकडाउनका कारण मारमा परेको भन्दै व्यावसायीहरुले सरकारको विरोध गर्दै आएका छन् ।

उनीहरुले जर्बजस्ती पसल खोल्दै आएका छन् । प्रहरीले सरकारले लकडाउनको मोडालिटी परिवर्तन नगरेको भन्दै कडाई गर्दै आइरहेको छ । यसअघि प्रधानमन्त्रीले लकडाउनको मोडालिटी तयार गर्न कोरोना रोकथाम उच्चस्तरिय समितिलाई जिम्मेवारी दिएका थिए । समितिले लकडाउनको नयाँ मोडालिट तयार गरेर प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।