भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड

भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड

नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा मंगलबार मात्र नौ हजार नौ सय ८७ नयाँ संक्रमित थपिएका छन् । यो आँकडा एक दिनमा नयाँ थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । 

नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार ५९८ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले गएको चौबीस घण्टामा तीन सय ३१  संक्रमितको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । भारतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म सात हजार ४६६ जनाको मृत्यु भइसकेको छ ।

भारत सरकारका अनुसार देशभर अहिलेसम्म कोरोनाका ४९ लाख १६ हजार ११६ नमुना परीक्षण भइसकेको जनाएको छ । भारतमा गएको २४ घण्टामा एक लाख ४१ हजार ६८२ नमुना संकलन गरिएको छ ।