जसपाको केन्द्रीय समितिमा बाबुराम शक्तिशाली,  को निकट कति ?

जसपाको केन्द्रीय समितिमा बाबुराम शक्तिशाली,  को निकट कति ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को वरीयतामा चौथो नम्मरमा राखिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई केन्द्रीय समितिमा भने शक्तिशाली देखिएका छन् ।  जसपाको ५१ सदस्यीय केन्द्रीय कमिटिमा भट्टराई निकट ८ जना नेताहरु परेका छन् । 

जसपाका अध्यक्षमध्येका एक महन्थ ठाकुर निकट नेताहरु पनि ८ जना परेका छन् । जबकी अर्का अध्यक्ष उपेन्द्र यादव निकट केवल ५ जना नेता मात्र केन्द्रीय कमिटिमा अटाएका छन् । भट्टराई र ठाकुरपछि केन्द्रीय कमिटिमा राजेन्द्र महतो शक्तिशाली देखिएका छन् । उनी निकट ७ नेताहरु केन्द्रीय कमिटिमा परेका छन् । 

वरिष्ठ नेता अशोक राई निकटका ६, महेन्द्रराय यादव निकटका ३, शरतसिहं भण्डारी निकटका २ र युवराज कार्की निकटका १ जना नेता मात्रै केन्द्रीय समितिका परेका छन् । राजकिशोर यादव र अनिल झा निकटका कोही पनि नेता केन्द्रीय समिति परेका छैनन् ।  

गत आइतबार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको थियो ।  पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । यस्तै, डा बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो ।