इक्यानले आफ्ना सम्पूर्ण सदस्य तथा कर्मचारीको गर्‍यो कोरोना बीमा

इक्यानले आफ्ना सम्पूर्ण सदस्य तथा कर्मचारीको गर्‍यो कोरोना बीमा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । अध्यक्ष प्रकाश पाण्डेले ४६३ सदस्य र ९ जना कर्मचारीको बीमा गरेको जानकारी दिए । पाण्डेका अनुसार सबैको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । बीमाको अवधि १ वर्षका लागि हुनेछ । १४ दिनपछि बीमा एक्टिभ हुनेछ ।

कोरोना जोखिम न्यूनीकरणका लागि भएको लकडाउनका कारण व्यवसायमा समस्या सिर्जना भएकाले व्यवसाय बचाउन सफ्ट लोन लगायतका विषयमा पनि छलफल भइरहेको पाण्डेले जानकारी दिए । लकडाउनपछि शैक्षिक परामर्श क्षेत्र प्रभावित छ। यसबीचमा इक्यानले विदेशमा रहेका विद्यार्थीको समस्या सम्बोधनका लागि पनि क्रियाशीलता जनाएको छ। 

कोरोनाका कारण अहिले उच्च शिक्षाका लागि विद्यार्थी विदेश जाने प्रक्रिया ठप्प छ । सरकारले फागुनदेखि  हुने एनओसी समेत गत बन्द गरिसकेको छ । इक्यानले लकडाउनको मोडालिटी हेरेर व्यवसाय सञ्चालनबारे निर्णय गर्ने जनाएको छ। जेठ ३२ गतेपछि शैक्षिक परामर्श संस्था सञ्चालन हुन सक्ने देखिएको इक्यानको भनाइ छ।