भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वमा यो समाचार तयार पार्दासम्म ४ लाख ६ हजार ४४१ जनाको मृत्यु भईसकेको छ भने ७१ लाख ७ हजार ७०० जनालाई संक्रमण भएको छ । त्यस्तै ३४ लाख ६१ हजार ६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ७५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । 

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २०७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५७ हजार ४८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ लाख २३ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा आईतवार अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ आइतवार मात्र १० हजार ८६४ जना संक्रमित थपिएका हुन् । त्यस्तै आइतवार नै भारतमा २६१ जनाको मृत्यु भएको छ ।