जनता समाजवादी निर्वाचन आयोगमा दर्ता, बाबुराम वरिष्ठ नेतामै सीमित

जनता समाजवादी निर्वाचन आयोगमा दर्ता, बाबुराम वरिष्ठ नेतामै सीमित

काठमाडौं ।  जनता समाजवादी दल निर्वाचन आयोगमा दर्ता भएको छ । दल दर्ताको प्रक्रिया सुरु गरेको ४६औं दिनमा दल आयोगमा दर्ता भएको हो । अध्यक्षको बन्ने भन्ने विवादमा लामो समयदेखि दर्ता प्रक्रिया अघि बढेको थिएन । 

वैशाख १० गतेबाट दर्ता प्रक्रिया अघि बढाइएको थियो । आइतबार पद बाँडफाँडमा सहमति भएपछि निर्वाचन आयोगमा दर्ता प्रक्रियालाई अन्तिम रुप दिइएको हो । 

सहमति अनुसार अब अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनेछन् । यस्तै, अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र महतो वरिष्ठ नेता हुनेछन् । 
यसअघि आइतबार दिउँसो भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने सहमति भएको थियो । केही क्षणमै सहमति भाँडिएको हो ।