काठमाडौं । 'क्राइम किङ' भनिने कुख्यात अन्डर वर्ल्ड डन दाउद इब्राहिम कस्करको कोरोना भाइरस संक्रमणबाट पाकिस्तानको लखपत नेसनल हस्पिटल हिजो राती ८ बजे मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । मुम्बईको डोंग्रीमा जन्मेका दाउद पछिल्लो समय पाकिस्तान बस्दै आएको दाबी भारतले गर्दै आएको छ ।
संगठित अपराध र आतंकवादका नाइकेका रुपमा चिनिएका ६४ वर्षीय दाउद भारतको मोस्ट वान्टेड सूचीमा थिए । लागूऔषध डिलर एवं ग्याङस्टरका रुपमा चिनिएका उनलाई सन् १९९२ मा मुम्बई बमबारीको 'मास्टर माइन्ड' मानिएको छ । भारत सरकारले उनको टाउकोको मोल २५ लाख डलर तोकेको छ । आतंकवादी संगठन अलकाइदासँग पनि उनको सम्बन्ध रहेको आरोप भारतले लगाएको छ ।
सन् १९७० को दशकमै क्राइम सिन्डिकेट डी-कम्पनीमार्फत अपराधको साम्राज्य फैलाएका उनको समूहको दोस्रो वरीयतामा छोटा राजन छन् । उनी चार सन्तानका पिता हुन् ।