चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

काठमाडाैं । चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापालगायत पनि रहेका थिए । 

गत मंसिरमा  तत्कालीन अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड नेतृत्वविहीन बनेको थियो । नवनियुक्त अध्यक्ष दाहालले झन्डै ४० वटा चलचित्र निर्देशन गरेका छन् ।