अमेरिकामा जारी प्रदर्शनमा ट्रम्पकी छाेरीकाे पनि ऐक्यबद्धता, भन्छिन्ः सबै मिले अवस्य जितिन्छ !

अमेरिकामा जारी प्रदर्शनमा ट्रम्पकी छाेरीकाे पनि ऐक्यबद्धता, भन्छिन्ः सबै मिले अवस्य जितिन्छ !

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्मकी छाेरी टिफनी ट्रम्पले पनि अमेरिकीमा जारी प्रदर्शनमा ऐक्यबद्धता जनाएकी छन् । 

अमेरिकाकाे जेलमा रहेका क्रममा अफ्रिकी मुलका एक अस्वेत अमेरिकी नागरिककाे हहत्या भएपछि भड्किएकाे प्रदर्शनमा ट्रम्पकी कान्छि छाेरीले पनि समर्थन जनाएकी हुन् । 

उनले इन्टाग्राममा एक फाेटाे पाेष्ट गर्दै उक्त प्रदर्शनमा समर्थन रहेकाे जनाउ दिएकी छन् । 

हेलेन केलरकाे भनाइ सम्झँदै उनले एक्लै मात्र लडे केही हाँसिल नहुने भन्दै सामुहिक प्रयासले जित्न सकिने जिकिर गरेकी छन् । 

यसबाहेक उनले ब्ल्याकआउट टुइसडे भन्दै हत्या गरिएका जर्ज फ्लोइडले न्याय पाउनु पर्ने माग समेत गरेकी छन् । टिफानी पेशाले वकिल हुन् । तर उनकाे समर्थनले उक्त आन्दाेनलमा हाेमिएकाहरुलाई समर्थन मिलेकाे छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा निधन भएको थियो । उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।