स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय, मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै

स्वास्थ्य संकटकाल घोषणा गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय, मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्दै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर स्वीकृत भइनसकेको जनाए । 

आज बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गर्ने बालुवाटार स्रोतको दाबी छ । २ हजारभभन्दा बढी कोरोना संक्रमित भएको खण्डमा स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने व्यवस्था छ । संक्रामक रोग ऐन २०२० अनुसार संकटकाल आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने पनि व्यवस्था छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयका सचिवलाई तोक्न पनि मन्त्रालयले प्रस्ताव गरेको छ । 

त्यस्तै मन्त्रालयले स्वास्थ्य सहायता लिने कार्यविधि बनाउने र स्वीकृत गर्ने प्रावधान अनुसार त्यसको मापदण्ड बनाएको छ । जसमा मापदण्ड, मर्मतसम्भार, वितरण र भन्सार छुटमा छुटमा सहजीकरण गर्नेछ ।