प्रेमीबाट धोका पाएपछि यी नायिकाले गरिन् आत्महत्या

प्रेमीबाट धोका पाएपछि यी नायिकाले गरिन् आत्महत्या

काठमाडौँ । कन्नड नायिका चन्दना गोडाले विष सेवन गरी आत्महत्या गरेकी छन्। २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन्। प्रेमीबाट धोका पाएपछि चन्दनाले आत्महत्या गरेकी हुन् । आत्महत्या गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छन्।

आत्महत्या गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन्। चन्दनाको भिडियो पाएलगत्तै परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो ।

चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे । समाचारअनुसार चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि अफेयरमा थिइन् । प्रेमीसँग विवाहको कुरा निकाल्दा सधैं केही न केही बहाना बनाएर टार्ने गरेका थिए ।

प्रेमीको व्यवहारले उनी तनावमा थिइन् । आत्महत्या गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छन् । दिनेशले दिएको धोका सहन नसकेर आफूले ज्यान दिएको बताएकी छन्। चन्दनाको आत्महत्यापछि उनका प्रेमी फरार छन् ।