'आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?'

'आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?'

काठमाडौं ।  लामो लकडाउनपछि व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् । उनले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् ।

क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस  समुदायमा नफैलिएको पोखरेलको दावी छ । ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन ।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौं'उनले फेसबुकमा लेखेका छन् ।

सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ । तर पछिल्लो समय व्यवसायीहरुले लकडाउन हुँदा पनि कोरोना भाइरस संक्रमण रोकथाम नभएको र व्यवसाय खोल्ने सरकारसँग कुनै योजना नभएको भन्दै आफुखुशी पसल खोल्न थालेका छन् ।

काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लागि सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएको जानकारी दिए ।