एजेन्सी। ट्वीटरमा ‘रेसिस्ट’ अर्थात रंगभेदी भनेर खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर ह्याण्डल पहिलो नम्बरमा आएको छ ।
बुधबार ट्वीटरमा रेसिस्ट टाइप गरेर सर्च गर्दा ‘सजेस्टेड एकाउन्ट’ मा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले जनाएको छ ।
आफूहरुले तथ्य हेर्दा पनि रेसिस्ट टाइप गरेर खोज्दा ट्रम्पको नाम पहिलो नम्बरमा आएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
यद्दपी यस सम्बन्धी खबर पहिलोपटक बेलायती सञ्चारमाध्धयम द इन्डिपेन्डेन्टले प्रकाशित गरेको थियो ।
अमेरिकी एक जेलमा रहेका अस्वेत अफ्रिकी-अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु प्रकरणलाई लिएर अमेरिकामा भइरहेको प्रदर्शनका बिषयमा ट्रम्पले गरेका टिप्पणीले उनलाई आलोचनाको केन्द्रमा पुर्याएकाे छ। धेरैले उनलाई रंगभेदी भनेका छन् । ट्रम्प आफैले भने सो आरोप अस्वीकार गर्दै आएका छन् ।