नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित संख्याको दैनिक दरमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेपछि उसको दैनिक कोरोना संक्रमित दरमा नयाँ रेकर्ड कायम भएको हो।
यसैगरी २४ घण्टाको अवधिमा २ सय १७ जनाको ज्यान गएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। उसको पछिल्लो विवरण अनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ।
यीमध्ये १ लाख १ हजार ४ सय ९७ वटा संक्रिय केस हुन्। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय १५ पुगेको छ।