जातीय विभेद तथा छुवाछूतविरुद्धको राष्ट्रिय दिवस

छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कारवाही गरेरै छाड्छ: प्रधानमन्त्री ओली

छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कारवाही गरेरै छाड्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीहरूलाई सरकारले कानुनी दायरामा ल्याउने बताएका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक बहिष्करण, छुवाछूत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट पारे।

जातीय विभेद तथा छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, “छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन ।”

छुवाछूतलाई मानव सभ्यताकै कलङ्कको संज्ञा दिँदै उनले अमानवीय हिंसाका घटनाहरूको छानबिन गरी दोषीमाथि कारबाही गरिने विश्वास व्यक्त गरे।

मानव सभ्यताको कलङ्कका रूपमा रहेको छुवाछूत प्रथालाई कानुनी रूपमा अन्त्य गरिए पनि सामाजिक रूपमै अन्त्य गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन्।