दार्चुलाबाट शुरु भयो डाक्टर केसी सत्याग्रह

दार्चुलाबाट शुरु भयो डाक्टर केसी सत्याग्रह

दार्चुला । डाक्टर गोविन्द केसीले दार्चुलामा सत्याग्रह शुरु गरेका छन् । मंगलबारबाट डा केसीले सीमाञ्चललगायतका सबै नागरिकहरुको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका लागि भन्दै १८औं सत्याग्रह शुरु गरेका हुन् । केसीले बिहान १० बजे पत्रकार सम्मेलन गर्दै गल्फैस्थित जगन्नाथ मन्दिर क्षेत्रमा दुई दिनका लागि सत्याग्रहमा बसेका हुन् । 

जेठ १ गते दार्चुला आइपुगेका डा. केसीले राष्ट्रियता सिंहदरबारबाट बुझ्ने नसकिने भन्दै भारतद्वारा अतिक्रमित नेपाली भूमि फिता गर्न सरकारले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र सीमाञ्चल क्षेत्रका नागरिकको पीडा बुझ्नुपर्ने भन्दै सत्याग्रह सुरु गरेका छन् ।ब्यास गाउँपालिका–१, ब्यास क्षेत्रमा भारतले अतिक्रमण गरी राखेको फौज हटाउनुपर्ने र ब्यास क्षेत्रमा नेपालले आफ्नो सेना राख्नुपर्ने डा. केसीले बताए । 

दार्चुलालगायत सीमा क्षेत्रका बासिन्दाका लागि यातायातको सहज पहुँच निर्माण गर्नुका साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने, भारतबाट मिचिएको नेपाली भ्रमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्नुपर्ने मुख्य उनको सत्याग्रहका मागहरु रहेका छन् ।