व्हाइट हाउस बाहिर प्रदर्शन चर्किएपछि बंकरमा लुके ट्रम्प

व्हाइट हाउस बाहिर प्रदर्शन चर्किएपछि बंकरमा लुके ट्रम्प

वासिंगटन । अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन व्हाइट हाउससम्म पुगेको छ । वासिंगटनमा व्हाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले व्हाइट हाउसको बंकरमा एक घन्टा बिताएपछि उनलाई पुनः बाहिर ल्याइएको थियो ।

सो क्रममा प्रथम महिला मेलानिया ट्रम्प र छोरा ब्यारेनलाई पनि बंकरमा लगिएको थियो । कानुन प्रवर्तन सुत्रले प्रोटोकलअनुसार यदि राष्ट्रपति ट्रम्पलाई बंकरमा लगिन्छ भने अन्य सुरक्षा प्राप्त व्यक्तिहरु मेलानिया र ब्यारेनलाई पनि लैजानु अनिवार्य थियो ।

ट्रम्पले मिनियापोलिसमा गत साता जर्ज फ्लोइडको हत्यापछि व्हाइट हाउसबाहिर भएको प्रदर्शन दबाउन प्रभावकारी भूमिका खेलेको भन्दै सुरक्षाकर्मीको प्रशंसा गरेका थिए । शनिबार व्हाइट हाउसबाहिर भएको प्रदर्शनको केही घन्टापछि ट्रम्प आफैंले आफू सुरक्षित रहेको घोषणा गरेका थिए । उनले व्हाइट हाउसबाहिर प्रदर्शन गर्ने सो सहरका डेमोक्रेटिक मेयरका समर्थक भएको आरोप लगाएका छन् ।