नेपाली खानामा विदेशी माेह: अष्ट्रेलियाका प्रधानमन्त्रीले आफैं बनाए समाेसा र चटनी !

नेपाली खानामा विदेशी माेह: अष्ट्रेलियाका प्रधानमन्त्रीले आफैं बनाए समाेसा र चटनी !

काठमाडौं । सामान्यत हेर्ने हाे भने समाेसा पूर्वीय मुलुक विशेषत: भारत, नेपालमा पाइने, पकाइने र खाइने कुरा हाे ।

पश्चिमा मुलुकमा याे खासै पाइँदैन, पाइहाले पनि नेपाली रहेकाे ठाउँमा हुने गर्छ ।

तर पत्याउनु हुन्छ ! अष्ट्रेलियाका प्रधानमन्त्रीले आफैं समाेसा पकाए । 

कारण थिए भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी । 

जुन ४ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबीच वार्ता हुँदैछ । 

त्यस अघि मोदीलाई प्रभावित बनाउन अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले प्रधानमन्त्री निवासमा समोसा र आँपको चटनी बनाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाएका छन् । 

बिहिबार भिडियो कल मार्फत वार्ता हुन लागेकाले आफूले बनाएको समोसा र चटनी मोदीसितै बसेर खान नपाउँदा खल्लो लागेको अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो सामाजिक सन्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

एउटा ट्रेमा आफैंले बोकेको समोसाको फोटो ट्विटरमा राखेर उनले मोदीलाई ट्याग गर्दै यसैगरी सँगै बसेर खान नपाउँदा खल्लो लागेको उल्लेख गरेका हुन् ।

जुन ४ का दिन भारतीय र अष्ट्रेलियन प्रधानमन्त्रीका बीच द्विपक्षिय हितका बारेमा भिडियो कलमार्फत वार्ता हुँदै छ । सैन्य रसद, प्रविधी र विज्ञान सम्बन्धी केहि बुँदामा हस्ताक्षर पनि हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ ।