अमेरिकामा चर्कियो रङ्गभेद आन्दोलन, २५ शहरमा कर्फ्यू

अमेरिकामा चर्कियो रङ्गभेद आन्दोलन, २५ शहरमा कर्फ्यू

काठमाडौं । प्रहरी हिरासतमै एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट शुरू भएको  हिंसात्मक बन्दै गएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू जारी गरिएको छ । जर्ज फ्लोइडको प्रहरी हिरासतमै मृत्यु भएपछि मिनेशोटामा सोमबारदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको सिएनएनले जनाएको छ ।

ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड नरोकेपछि मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भएको हो ।

आन्दोलनले हिंसात्मक रुप लिएपछि अमेरिकाको मिनेशोटाका गर्भनरले त्यसको निन्दा गरेका छन् । राज्यका गभर्नर टिम वाल्जले प्रदर्शन फ्लोइडको हत्याको विरोधमा मात्रै सीमित नरहेको बताएका छन् ।

फ्लोइडको हत्या आरोपमा मिनियापोलस प्रहरीका एक अधिकारीलाई पक्राउ गरी अभियोग दर्ता भएको छ तर पनि प्रदर्शन रोकिएको छैन । गएको सोमबार ती प्रहरी अधिकारीले ४६ वर्षका फ्लोइडलाई पक्राउ गर्ने क्रममा उनको घाँटीमा घुँडाले थिचेका दृश्य तथा भिडियो भाइरल भएको थियो ।