एमसीसीबारे छलफल गर्न बसेको नेकपाको सचिवालय बैठकमा भीम रावललाई पनि बोलाइयो

एमसीसीबारे छलफल गर्न बसेको नेकपाको सचिवालय बैठकमा भीम रावललाई पनि बोलाइयो

काठमाडाैं । नेकपा सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बजेटमा एमसीसी घुसाइएको भन्दै केही सचिवालय सदस्यहरुले विरोध गरेपछि नेकपाले आकस्मिक रुपमा सचिवालय बैठक आह्वान गरेको हो । बैठकमा एमसीसीको चर्को विरोध गर्दै आएका नेकपा नेता भीम रावललाई पनि बोलाइएको छ । 

सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीम रावल पनि उपस्थित भैसकेका छन् । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदनबारेमा पनि छलफल गर्नुपर्ने भएकोले उनीहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहार सूर्य थापाले जानकारी दिए । 

सचिवालय बैठकअघि शुक्रबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा घुसाएकोमा आपत्ति जनाएका थिए । त्यसपछि सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।