भारतको महाराष्ट्रमा एकै दिन झण्डै ३ हजारमा कोरोना संक्रमण

भारतको महाराष्ट्रमा एकै दिन झण्डै ३ हजारमा कोरोना संक्रमण

एजेन्सी । भारतको महाराष्ट्रमा एकै दिन २ हजार ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एक दिनकाे याे तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा धेरै हाे ।

याे सँगै महाराष्ट्रमा ६२ हजार २२८ जना संक्रमित पुष्टि भएका छन् भने २ हजार ९८ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै अर्थात १ हजार ४३७ जना मुम्बईमा भेटिएका छन् । योसहित  मुम्बईमा मात्संर क्रमितहरुको संख्या ३६ हजार ७१० पुगेको छ ।

यसबाहेक शुक्रबार एकैदिन मुम्बईमा ३८ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । योसहित मुम्बईमा मृतकको संख्या ११ सय ७३ पुगेको छ ।