विश्व स्वास्थ्य संगठनसँग कुनै सम्बन्ध नराख्ने ट्रम्पकाे घाेषणा

विश्व स्वास्थ्य संगठनसँग कुनै सम्बन्ध नराख्ने ट्रम्पकाे घाेषणा

एजेन्सी । अनमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगका सबै सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् ।

डब्लूएचओलाई दिँदै आएकाे सहयाेग यसअघिनै कटाैति गरिसकेका ट्रम्पले अब कुनै पनि सम्बन्धनै नराख्ने घाेषणा गरेका हुन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ ।’

डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् ।