राजपाले लगेको संविधान संशोधन प्रस्ताव दर्ता भएन

राजपाले लगेको संविधान संशोधन प्रस्ताव दर्ता भएन

काठमाडौं । संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)ले लगेको प्रस्ताव संसद् सचिवालयले दर्ता गर्न मानेन । राजपाका तर्फबाट महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव लिएर संचिवालय पुगेका थिए । संसद् सचिवालयले प्रस्ताव दर्ता गर्न नमानेपछि ठाकुरले सचिवालयमै विधेयक छाडेर निस्किएका छन् ।

०७४ वैशाख ११ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीसमेत सम्मिलित सरकारले दर्ता गराएको संशोधन प्रस्ताव नै अहिले ठाकुरले दर्ताका लागि सचिवालय पुगेका थिए । तर संसद् सचिवालयले सभामुखसँग छलफल गरेर आइतबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय गरिने जानकारी दिएका थिए ।

०७४ सालमा  सरकारले प्रदेश सीमांकनको निम्ति आयोग बनाउनेलगायतका विषय समेटिएको संविधान संशोधनको विधेयक दर्ता गराएको थियो ।  संविधान संशोधन प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकनलगायतका विषय समावेश गरिएको छ । 

राजपाले आफ्ना माग पूरा नभए सरकारले ल्याएको संशोधन विधेयकमा सहयोग नगर्ने बताएको छ ।