नेपालको नयाँ नक्सामा असहमति जनाउँदै राजपाले संविधान संशोधन विधेयक दर्ता गर्दै

नेपालको नयाँ नक्सामा असहमति जनाउँदै राजपाले संविधान संशोधन विधेयक दर्ता गर्दै

काठमाडौं । राष्ट्रिय जनाता पार्टी (राजपा)ले संविधान संशोधनका सम्बन्धमा गैरसरकारी विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने भएको छ । राजपा स्रोतले दिएको जानकारी अनुसार आफ्ना यसअघिका माग सम्बोधनका सम्बन्धमा र जारी नेपालको नयाँ नक्साका सम्बन्धमा हुन लागेकाे संशाेधनका सम्बन्धमा पनि असहमति जनाउदै राजपाले संशोधन विधेयक दर्ता गर्न लागेको हो ।

राजपाका शीर्ष नेताहरु सहभागि शुक्रबारको बैठकले संविधान संशोधन विधेक दर्ता गर्ने निर्णय गरेको हो ।  समाजवादीसँगको एकीकरण भएर नयाँ दल जसपा गठन भएपनि यो निर्णय विशुद्ध राजपाको मात्र हो  ।

आजको बैठकमा समाजवादीका कोही पनि नेताहरु सहभागि थिएनन् । बैठकमा राजपा नेताहरु महन्थ ठाकुर, महिन्द्र राय यादव, राजेन्द् महतो, लक्ष्मणलाल कर्ण लगायतका शीर्ष नेताहरु उपस्थित थिए । 

 तर संसद सतिवालयका महासचिव भरतराज गाैतमले सभामुख अग्नि सापकोटासँग समन्वयन गर्नु पर्ने भन्दै विधेयक दर्ता गर्न आनाकानी गरिरहेकाे श्राेतकाे भनाइ छ ।