पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे आफ्नो सुरक्षार्थ खटिएका सशस्त्रको टोली र गाडी

पूर्वगृहमन्त्री शर्माले फिर्ता गरे आफ्नो सुरक्षार्थ खटिएका सशस्त्रको टोली र गाडी

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् । नेकपा नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए ।

उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो । उनीहरुलाई बिहीबार जावलाखेलस्थित निवासबाट नेता प्रभाकरले खादा लगाइदिएर विदाई गरेका हुन् ।

यसअघि नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षकर्मीलाई फिर्ता गरेका थिए ।