अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु, चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु, चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान

काठमाडाैं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज बजेट प्रस्तुत गरेका हुन् ।बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा केही सांसद सदस्यलाई बाल्कोनीमा आसनका लागि सिटको व्यवस्था गरिएको छ ।  

अर्थमन्त्री डा खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । बजेट प्रस्तुत गर्दै उनले सबै स्वास्थ्यकर्मीको ५ लाखको स्वास्थ्य विमा गरिने जानकारी दिए । १२ अर्ब ४६ करोड स्वास्थ्य पूर्वाधार विकासका लागि खर्च गरिने उनले जानकारी दिए । त्यसैगरी तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट छुट्याइने उनले जानकारी दिए । 

चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान छ । राजस्व संकलन भने ८ खर्ब २७ अर्ब हुने अनुमान छ । ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने सरकारको तयारी रहेको जानकारी दिइएको छ । सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउन  ७ अर्ब बजेट छुट्याइने अर्थमन्त्रीले जानकारी दिए ।

 

छुटाउनुभयो कि ?