काठमाडौं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवावीच बिहीबार टेलिफोन वार्ता भएको छ । संविधान संशोधनबारे अन्यौल भइरहेका बेला दुई नेताबीचको टेलिफोन संवादपछि सरकारले शुक्रबार कार्यसूचीमा राख्ने तयारी गरेको संविधान संशोधन विधेयक १८ गतेभन्दा अगाडि नहुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसँग १८ गतेसम्मका लागि समय माग गरेको स्रोतको दावी छ । संवादमा देउवाले १७ गते केन्द्रीय समितिको बैठक बोलाएकाले १८ गते पछाडिमात्रै कार्यसूचीमा राख्न आग्रह गरेका थिए ।
यसअघि सरकारले बुधबारको संसदको कार्यसूचीबाट संविधान संशोधनकाे मुद्दालाई हटाएपछि सर्वत्र विरोध भएको थियो ।