नेपालमा कोरोना संक्रमितको संख्या  १ हजार ४२ पुग्यो, आजै थपिए १५६ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या  १ हजार ४२ पुग्यो, आजै थपिए १५६ संक्रमित

काठमाडाैं । नेपालमा पछिल्ला दिनहरूमा कोरोना भाइरसका संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार मात्र १५६ जना कोरोना संक्रमित थपिएका छन् ।  यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्। 

संक्रमितमध्ये १८७ जना उपचारपछि घर फर्किएका छन् भने ५ जनाको निधन भैसकेको छ ।