मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थाापाका अनुसार आज २ बजे मन्त्रिपरिषद् बैठक बलाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवाडासँग बजेटका बारेमा जानकारी लिन बैठक डाकिएको बताइएको छ । 

आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । बजेट प्रस्तुत गर्नुभन्दा पहिला मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आज प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक डाकिएको हो ।

राष्ट्रिय योजना आयोगले पनि अहिले बसिरहेको छ । आयोगका अध्यक्ष तथा प्रधानामन्त्री ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा योजना आयोगका सबै सदस्यका साथै अर्थमन्त्री डा। खतिवडा, मुख्य सचिव लोकदर्शन रेग्मी सहभागि छन् ।