प्रधानमन्त्रीले डाके राष्ट्रिय योजना आयोगको बैठक

प्रधानमन्त्रीले डाके राष्ट्रिय योजना आयोगको बैठक

काठमाडौं । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । 

अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा‍. युवराज खतिवडाले बजेट प्रस्तुत गर्नेछन् । 

बजेट अघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो १ बजे बालुवाटारमा  राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बोलाएका छन् । आयोगका अध्यक्ष समेत रहेका ओलीले बजेलाई अन्तिम रुप दिने बारेमा छलफल गर्न बैठक डाकेको बताइएको छ । 

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी सरकारले साढे १५ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको पनि आयोग श्रोतले जनाएको छ । बजेटले स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा बिशेष प्राथमिकता दिने भएको छ ।