इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले सक्दैनः प्रधानमन्त्री ओली (भिडियोसहित)

१३ औँ गणतन्त्र दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले नसक्ने बताएका छन् । 

१३ औँ गणतन्त्र दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलील गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउन सरकार लागिपरेको भन्दै अब पछाडि फर्किने कुनै विकल्प नरहेको बताएका हुन् । 

'जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । प्रणाली विकासका क्रममा साना तिना कमीहरु देखा पर्न पनि सक्छन् । तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन्,' उनले भनेका छन् । 

यसबाहेक प्रधानमन्त्री ओलीले विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई चाँडै पुनस्र्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्ने विश्वास पनि व्यक्त गरेका छन् ।