गणतन्त्र दिवसमा राष्ट्रपतिकाे शुभकामनाः राष्ट्र निर्माणमा अग्रसर हुन सबैलाई प्रेरणा मिलाेस्

गणतन्त्र दिवसमा राष्ट्रपतिकाे शुभकामनाः राष्ट्र निर्माणमा अग्रसर हुन सबैलाई प्रेरणा मिलाेस्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतालाई आग्रह गरेकी छन् ।

१३औँ गणतन्त्र दिवसको अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको भन्दै त्यसलाई संस्थागत गर्न सबै लाग्नु पर्नेमा  जाेड दिएकी छन् ।

नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उजीहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन पनि राष्ट्रपतिले आह्वान गरेकी छन् ।

यसबाहेक उनले देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।