‘कांग्रेस संविधान संशोधनको पक्षमा छ, कसैले चिन्ता नलिऔँ, कोही भ्रममा नपरौँ’

‘कांग्रेस संविधान संशोधनको पक्षमा छ, कसैले चिन्ता नलिऔँ, कोही भ्रममा नपरौँ’

काठमाडौँः सभावित कार्यसूचीमा प्रकाशन भएपछि संविधान संशोधन प्रक्रिया अघि नबढेको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दलबीच घोचपेज जारी छ । सत्तापक्षले अनावश्यक रुपमा आरोप लगाएको प्रतिपक्ष सांसद र नेताहरुको भनाई छ । 

सांसद् गगन थापाले संविधान संशोधन विधेयकको प्रक्रिया अघि बडाउन १६ गते नै बैठक राखेर कार्यसूची बनाउन माग गरेका छन् । उनले कांग्रेस संशोधनको पक्षमा रहेको बताएका छन् । 

ट्वीटरमा भनेका छन्, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६ गतेकै कार्यसूचीमा राखियोस्। कांग्रेस संशोधनको पक्षमा छ। कसैले चिन्ता नलिऔँ, कोही भ्रममा नपरौँ। केन्द्रीय समितिको बैठक गर्नेरनगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो। हामी कांग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस्।काँग्रेस संशोधनको पक्षमा छ।कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ।केन्द्रीय समितिको बैठक गर्ने-नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो।हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।

— Gagan Thapa (@thapagk) May 27, 2020