कोरोनाबाट मृत्यु भएका ललितपुरका पुरुषः कोलेजोको समस्याका कारण तीन दिनअघि लगिएको थियो अस्पताल, मृत्युपछि कोरोना पुष्टि

कोरोनाबाट मृत्यु भएका ललितपुरका पुरुषः कोलेजोको समस्याका कारण तीन दिनअघि लगिएको थियो अस्पताल, मृत्युपछि कोरोना पुष्टि

काठमाडौँः कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । औपचारिक रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मृत्युबारे पुष्टि गरेको छैन । 

बुधबार अपराह्न उनको निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । नेपालमा कोरोनाबाट मृत्यु भएको यो पाँचौँ केस हो । मृत्युपछि उनको रिपोर्ट पोजेटिभ आएको हो । 

लिभरको समस्या भएका उनलाई जेठ ११ गते अस्पताल पुर्‍याइएको थियो । पाटन अस्पतालमा आइसियु नभएपछि उनलाई किष्ट अस्पताल लगिएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । 

अस्पताल पु¥याए लगत्तै उनको कोरोना परीक्षणका लागि नमूना स.कलन गरिएको थियो । बुधबार उक्त नमूनको रिपोर्ट पोजेटिभ आएको थियो ।