संविधान संशोधन प्रस्ताव अघि नबढेपछि नेकपा-कांग्रेस नेताबीच जुहारीः भारतीय मिडियाको जिकिर, ‘नेपाल पछि हट्यो’

संविधान संशोधन प्रस्ताव अघि नबढेपछि नेकपा-कांग्रेस नेताबीच जुहारीः भारतीय मिडियाको जिकिर, ‘नेपाल पछि हट्यो’

काठमाडौं ः संविधान संशोधन विधेयकको प्रक्रिया अघि बढाउने कार्यसूची बुधबार अन्तिम समयमा स्थगित भयो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले डोकेको राजनीतिक परामर्शपछि सरकारले दलीय सहमतिमै अघि बढ्न भन्दै विधेयक बुधबार अघि नबढाउने निधो गर्‍यो। जसका जानकारी बुधबार बिहान संसद् सचिवालयलाई दियो ।

प्रधानमन्त्रीले डाकेको छलफलमा कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्नका लागि समय माग गर्नु र मधेशवादी दलहरुले अन्य विषय पनि समेट्न भनेपछि सरकार केही पछि हटेको हो । तर विधेयक फिर्ता वा प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको भने हैन ।

तर, प्रधानमन्त्रीसहितका शीर्ष नेताबीच भएको सहमति अनुसार प्रक्रिया अघि नबढाइएको भए पनि कतिपय दोस्रो तहका नेताहरुले भने एक अर्काप्रति आक्षेप लगाएका छन् ।

किन आरोप प्रत्योरोप

प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले कांग्रेसकै साथमा छिट्टै प्रस्ताव पास हुने जनाएका छन् । उनले भनेका छन्, ‘नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीबाट हटेको हो, फिर्ता भएको होइन। आशा गरौ, नेकांको साथमा प्रस्ताव छिटै पास हुनेछ।’

सत्ताधारी दलले कांग्रेसको आग्रहमा प्रस्ताव रोकिएको बताएपछि प्रतिपक्ष दलका नेताहरु भने आक्रोसित भएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमाथि अनावश्यक दोष लगाएका बताएका छन् ।

शर्माले भनेका छन्, ‘‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउनेरु को गर्दैछ यो षड्यन्त्ररु प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले ट्वीटरमा लेखेका छन्, ुप्रक्रिया सुचारु गर्नोस्  ि केन्द्रीय समितिको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधाको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं  ियसमा हामी चट्टानी रुपले दृढ छौंररहन्छौं।'

प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?@PM_Nepal प्रक्रिया सुचारु गर्नोस् l के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दि´सकेका छौं l यसमा हामी चट्टानी रुपले दृढ छौं / रहन्छौं l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 27, 2020

यता नेता गगन थापाले चाँडो केन्द्रीय समिति बोलाउन देउवालाई आग्रह गरेका छन् । फास्ट ट्रयाकबाट संशोधन अघि बढाउन पनि उनले आग्रह गरेका छन्।

परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।

— Gagan Thapa (@thapagk) May 27, 2020

भारतीय मिडियामा हर्ष

नेपालमा संविधान संशोधनको प्रस्ताव रोकिँदा भारतीय मिडियाले भने विभिन्न तर्क गरेका छन् । कतिपयले नेपाल संशोधनबाट पछि हटेको बताएका छन् । केहीले कांग्रेसले सरकारको प्रस्तावलाई साथ नदिएको बताएका छन् ।

केही मिडियाले नक्सा जारीपछि नेपाल पछि हटेको भन्दै अब प्रक्रिया अघि नबढ्ने ठोकुवा नै गरेका छन् ।