अमेरिकाले भन्यो-'सीमा विवादबारे मध्यस्थकर्ताको भूमिका निभाउन तयार छौं'

अमेरिकाले भन्यो-'सीमा विवादबारे मध्यस्थकर्ताको भूमिका निभाउन तयार छौं'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय उत्कर्षमा पुगेको भारत-चीन सीमा विवादबारे मुख खोलेका छन् । बुधबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले अमेरिका मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका हुन् ।
 
सीमा विवाद र कोरोनाको आरोपप्रत्यारोपलाई लक्षित गर्दै चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएलगत्तै ट्रम्प चीनप्रति नरम हुँदै ट्वीट गर्नुलाई अर्थपरुर्ण रुपमा हेरिएको छ ।  मंगलबार जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा सीले सो निर्देशन दिएका थिए । 


चीन र अमेरिकाबीच कोरोना संक्रमणलाई लिएर तथा चीन र भारतबीच पछिल्लो समयमा सीमा क्षेत्रमा बढ्दो तनाव, ताइवानसँग अमेरिकी निकटता र दक्षिण चीन सागरमाथि खडा गरिएको विवादबीच सीको यस्तो भनाई बाहिर आएको थियो । 

भारतसँग सीमा विवाद बढ्दै जाँदा चीनले लद्दाखको पेंगोंग क्षेत्र र सिक्किमको नाथु–ला क्षेत्रमा सैनिक उपस्थिति बढाएको छ । यता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि पछिल्लो समय चीनलाई कोरोना भाइरससँग मुछेर अनेकन टिप्पणी गर्दै आएका थिए ।