नेपालमा आक्रमक बन्दै कोरोना, संक्रमितको संख्या ८ सय ५० पुग्यो

नेपालमा आक्रमक बन्दै कोरोना, संक्रमितको संख्या ८ सय ५० पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएको छ । बुधबार बारामा ८ जना, बाग्लुङका ६, रौतहटका ३५, झापाका १७ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको छ ।  बाराको पचरौता नगरपालिकामा देखिएका ८ जना संक्रमितमध्ये एकजना स्वास्थ्यकर्मी समेत रहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाकारी दिए। 

बाँकी संक्रमित भने भारतबाट आएका हुन् । रौतहट, झापा र बाग्लुङका संक्रमित पनि भारतबाटै आएको खुलेको छ। उनीहरू सबै भारतबाट आएर जिल्लाका क्वारेन्टिनमा बसेका थिए।

योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५० पुगेको छ। संक्रमितमध्ये ४ जनाको निधन भैसकेको छ ।