बाग्लुङका ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या ७ सय ९० पुग्यो

बाग्लुङका ६ जनामा देखियो कोरोना, संक्रमितको संख्या ७ सय ९० पुग्यो

मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए।  संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइएको छ । 

संक्रमण पुष्टि भएर आइसोलेसनमा पुगिसके पनि मन्त्रालयले हालसम्म उनीहरुको बारेमा कुनै जानकारी दिएको छैन । हिजो ९० जना संक्रमित फेला परेको जानकारी दिए पनि हिजो साँझ र आज गरी ८ संक्रमित थपिएर आइसोलेशनमा पुर्याउदासम्म मन्त्रालयले जानकारी नदिंदा अन्यौलता थपिएको छ । 

सबै संक्रमित भारतबाट आएको खुलेको छ। सैंजूले उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए।

योसँगै कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ। अहिलेसम्म संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ। संक्रमितमध्ये ४ जनाको भने निधन भैसकेको छ ।