थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

१३ जेठ, काठमाडौं । 

एक हप्तामै कोरोना संक्रमितको संख्या झन्डै दोब्बरले बढेको छ। गत मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज त्यो संख्या ७ सय ७२ पुगेको छ।

आज मात्र स्वास्थ्य मन्त्रालयले ९० जना संक्रमित थपिएको पुष्टि गरेको हो। हिजो ७८ जना संक्रमित थपिएका थिए।