आफूले भेटेको बिरामीमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल ‘होम क्वारेन्टाइन’मा

आफूले भेटेको बिरामीमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल ‘होम क्वारेन्टाइन’मा

काठमाडौं । आफूले भेटेको बिरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भेटेको बिरामीलाई कोरोना संक्रमण देखिएपछि गत शुक्रबारबाट मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका छन् । 

ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार कोरोना पोजेटिभ देखिएको थियो । होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको बसेको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल उपस्थित भएका थिएनन् । 

होम क्वारेन्टाइनमा रहेका मन्त्री ढकालको स्वाब मंगलबार लिइएको छ । रिपार्ट आजै साँझसम्म आउने जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।